आज स्वदेश फर्किँदै प्रचण्ड

आज स्वदेश फर्किँदै प्रचण्ड


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्। जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।