महान्यायाधिवक्ता खातीले ठगी गरेको आरोप

महान्यायाधिवक्ता खातीले ठगी गरेको आरोप


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित काम गरेको भन्दै तत्काल निलम्बन गर्न माग गरेका हुन् । बस्नेतले खातीले ठगी गरेको आरोप लगाए ।

सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्याधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।