राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज पनि

राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज पनि


ग्लोब नेपाल
108
Shares

काठमाडौं । कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रिय कार्य समितीको बैठक आज पनि बस्नेछ ।

अध्यक्ष कमल थापाले प्रस्तुत गरेको बर्तमान राजनितीक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रिय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने छन् ।

जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धि प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिबेदन, अर्का महामन्त्री राजाराम बर्तौलाको सांगठानिक प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदनमाथी टिप्पणी हुनेछन ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा निर्बाचनको तयारी र आबश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।