दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रियो

दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रियो


ग्लोब नेपाल
189
Shares

काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर (अक्सीजन दिने मेसिन) भित्रिएको पाइएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मुल्य बराबरको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो । कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ ।

बितेको दुई वर्षमा ४ अर्ब ७७ करोड ९७ लाख ६३ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । सो अवधिमा २ लाख ६१ हजार ४७६ थान कन्सेनट्रेटर र २९ हजार ९०३ भेन्टिलेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १० करोड ७३ लाख ६१ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालले आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ८ लाख ३७ हजार रुपैयाँको २ लाख २२ हजार १८८ थान अक्सीजन कन्सेनट्रेटर र १ अर्ब १० करोड ६५ लाख २४ हजार रुपैयाँको ३ हजार ७६५ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६७ करोड २४ लाख २ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार सो वर्ष १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँको ३९ हजार २८८ थान अक्सीजन कन्सेनट्रेटर र ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँको २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको थियो ।