काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले १ सय दिनमा गरेका कामको कार्यसूची सार्वजनिक गरेका छन् । मेयर साम्पाङले (बिहीबार) आज बिहान फेसबुकमार्फत १३ बुँदामा कामको विवरण सार्वजनिक गरेका हुन् ।
यस्तो छ उनले १०० दिनमा गरेको कामको विवरण :
१, नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ
२, ४ ठाउँबाट खानेपानीको मुहान थपेँ
३, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४,६ लाख बिरुवा रोपेँ
५, सरसफाइमा देखिने सुधार ल्याएँ
६, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ
७, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ
८, बाटो मर्मत सम्भार तथा टटबन्धन, विपद् व्यवस्थापन
९, लागु औषध विरुद्धको अभियान सुरु गरेँ
१०, योजनाहरूका लागि बजेटको जोहो गराएँ
११, पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ
१२, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ
१३, शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ
प्रतिक्रिया