काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्दै

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्दै

अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ


ग्लोब नेपाल
702
Shares

काठमाडौं । नेपाली काँग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेसले यो अभियान चलाउन लागेका हो ।

यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।