एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। अब एनआईसी एशिया मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पेको क्यूआर स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्नेछन् । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपाल पेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेको यस एनआईसी एशिया मोबाइल बैंकिङ्गलाई बैंकले भर्खरै ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । ‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहक महानुभावहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सकिनेछ र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

यस एपबाट ग्राहकहरूले क्यूआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन् । साथै, यस बैंकमा खाता नभएकाले पनि एनआईसी एशिया मोबाइल बैंकिङ्ग एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।