काठमाडौं । सत्तारुढ दलहरूले आगामी निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा सहमति गर्न आज पनि छलफल गर्ने भएका छन् । यस बारेमा छलफल गर्न हिजो बोलाइएको बैठक केही नेताहरूको व्यस्तताका कारण स्थगित भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरू सहमतिको धेरै नजिक पुगिसकेकोे बताएका छन् ।
प्रतिनिधि सभाको १ सय ६५ सिटमा बाँडफाँड गर्नुपर्ने भए पनि दलहरूले त्यसभन्दा ५० बढी सिटमा दाबी गरेका कारण सहमति जुट्न नसकेको नेताहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया