नबिल बैंकले ग¥यो एकै दिन ८ नयाँ शाखाहरुको उद्घाटन

नबिल बैंकले ग¥यो एकै दिन ८ नयाँ शाखाहरुको उद्घाटन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।

बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रका प्रमुख अतिथीहरुले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तार सँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु बिना झन्झट पाउने वातावरण बनाउन अनुरोधका साथै स्वागत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरेका थिए ।

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।

आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न सदैब प्रतिबद्ध छ ।