आइएमई पे र एनसेलबीच सम्झौता

आइएमई पे र एनसेलबीच सम्झौता


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।

आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए ।

कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूलाई यस्तो सेवा विस्तार गरेको यो पहिलो पटक हो । यस सहकार्यले प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकहरूलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पेले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युअार स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।