संसद्को दुवै सदनको बैठक आज बस्दै

संसद्को दुवै सदनको बैठक आज बस्दै


ग्लोब नेपाल
351
Shares

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा बढेर सुनाउने कार्यसूची छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

यस्तै बिहान १० बजेर ५९ मिनेटमा बस्ने तय भएको राष्ट्रिय सभाको बैठकमा पनि अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

यस्तै सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल गर्नेछन् ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेशन पेश गर्ने तथा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।