चान्शु स्वदेश फर्किए, सभामुखले गरे विदाइ

चान्शु स्वदेश फर्किए, सभामुखले गरे विदाइ


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शुलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन् ।

नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहे । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरे । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए ।