काठमाडौँ । सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
संघिय संसद प्रतिनिधि सभा कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधनको प्रयास गरेको थियो । तर, सरकारले त्यसबारे आएको समाचार गलत भन्दै समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २-३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधि सभाको आयु सकिने प्रावधानसमेत रहेकाे छ ।


प्रतिक्रिया