आगामी ४ मंसिरको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

आगामी ४ मंसिरको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। ‘निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमे पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली यही भदौ ३१ गते स्वीकृत गरेको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए । मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।