काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समानुपातिक सूची टुंगो लगाउन कार्यदल गठन गरेको छ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको हो । गुरुङ नेतृत्वको कार्यदलमा उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल सदस्य रहेका एक नेताले बताए। ती नेताका अनुसार कार्यदलले क्लस्टर मिलाएर सूची तयार पार्नेछ ।
साथै उम्मेदवार बढाउने वा घटाउने, मापदण्ड पूरा भए नभएको हेर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले तयार पारेको सूचीलाई सोमबार फेरि बस्ने पदाधिकारी बैठकले अन्तिम टुंगो लगाइने छ ।


प्रतिक्रिया