काठमाडौं । देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।
टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो । नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

काठमाडौँ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत ।


संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्डयाएर परिक्रमा गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाद्वारा प्रदान गरिएको सल्लामी ग्रहण गर्दै ।








प्रतिक्रिया