समानुपातिकतर्फको चारवटा प्रदेशको मतपत्र छापियो

समानुपातिकतर्फको चारवटा प्रदेशको मतपत्र छापियो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चारवटा प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ ।

आयोगको मुद्रण शाखाका अनुसार प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको मतपत्र छपाइ सकिएको छ । आयोगले प्रदेश नम्बर १ को लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ हजार मतपत्र छपाइ भएको जनाएको छ । यस्तै, आयोगका अनुसार प्रदेश १ र मधेस प्रदेशको प्याकिङको काम पनि सकिएको छ ।

अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । कर्णालीका लागि ११ लाख ३६ हजार मतपत्र छाप्नु पर्नेमा आजसम्म ५ लाख ७३ हजार छपाइ सकिएको छ । आयोगका अनुसार कर्णालीका लागि अब ५ लाख ६३ हजार मतपत्र छाप्न बाँकी छ ।

त्यसैगरी लुम्बिनीका लागि ३६ लाख ४९ हजार छाप्नुपर्नेमा १० लाख ९४ हजार मतपत्र छपाइ सकिएको छ । सुदूरपश्चिम प्रदेशका लागि १८ लाख ५८ हजार छाप्नु पर्नेछ । लुम्बिनी र कर्णालीको सकिएपछि सुदूरपश्चिमको मतपत्र छपाइ हुनेछ । प्रदेशको समानुपातिकतर्फ जम्मा २० करोड १८ लाख ४ हजार मतपत्र छपाइ हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ करोड मत्रपत्र छाप्ने जनाएको छ ।