नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।

बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआईजिपी खनाल औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले खनाललाई पार्टीमा स्वागत गरेका छन् ।

नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरले स्वागत गरे । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए ।

त्यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत एमालेमा प्रवेश गरेका छन् ।