सभामुख र उपसभामुख पद खालि गराउन माग गर्दै सर्वोच्चमा रिट

सभामुख र उपसभामुख पद खालि गराउन माग गर्दै सर्वोच्चमा रिट


ग्लोब नेपाल
837
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खालि गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्। रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।

संविधानको धारा ९१ (६) (क) को मर्म अनुसार प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पद बहाल रहने व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद खालि हुनु पर्ने निवेदकको माग छ।

यसअघि असोज १ गतेबाट सांसदको भने कार्यकाल सकिएको छ। समानुपातिकको बन्द सूची बुझाएसँगै सांसदको कार्यकाल सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ।

‘निवेदनको अन्तिम किनारा नहुन्जेलसम्म सभामुख र उपसभामुखबाट राज्यको स्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको दुरुपयोग नहोस् भन्ने अभिप्रायले निजहरुलाई सो पदमा रहे वापत राज्यबाट प्राप्त हुने सेवा सुविधा प्रयोग गर्नबाट रोक लगाउनु भनि विपक्षीको नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ’, निवेदनमा माग गरिएको छ।

मतदान गर्न

बाँकी