काठमाडौं । नागरिकता विधेयक प्रकरणमा सर्वोच्चमा परेको रिट निवेदन माथि आज सुनुवाइ हुने भएको छ। काठमाडौं । नागरिकता विधेयक प्रकरणमा सर्वोच्चमा परेको रिट निवेदन माथि आज सुनुवाइ हुने भएको छ। रिटको पेसी न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । उक्त इजलासका लागि पेसी सूचीको अन्तिममा यो रिटको पालो राखिएको छ ।
नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ । विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण संविधानको उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ। नागरिकता विधेयक प्रकरणमा अधिवक्ता सुनिल रञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गर्नु भएको थियो । रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिएको छ।
संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नभए पछि सो को विरुद्ध रिट दायर भएको हो । संविधानको धारा ११३ मा राष्ट्रपतिले संघीय संसदबाट एक पटक पारित भएको विधेयक पुर्नविचार गर्न फिर्ता गर्न सक्ने व्यवस्था छ।तर सोही धाराको उपधारा ४ मा संघीय संसदले पारित गरेर दोस्रो पटक पठाएमा राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।


प्रतिक्रिया