लोसपाले चुनावी तालमेलका लागि एमालेसँग वार्ता गर्न बनायो समिति

लोसपाले चुनावी तालमेलका लागि एमालेसँग वार्ता गर्न बनायो समिति


ग्लोब नेपाल
135
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेता महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने अध्यक्ष ठाकुरले जानकारी दिए ।