आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा छुट पाउने

आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा छुट पाउने

सब्स्क्रिप्सन प्याकेजमा ३५% सम्म छुट


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । आइएमई पे र सोर्स कोड प्रालीवीच आइएमई पेका ग्राहकहरुलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टिएमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताए ।

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।

स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषन गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगनिकर्ताहरुको लागि एकदम नै उपयोगी हुन्छ । लगनिकर्ताहरुले शेयर बजारका सबै जानकारी यहाँ पाउन सक्छन् । लगानीकर्ताहरुले यस सफ्टवेयर मार्फत नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै कम्पनीहरुको आधारभुत तथा प्राविधिक विश्लेषन गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त प्लान रोज्न सक्नेछन् । स्मार्ट वेल्थ प्रोले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जस्मा साता भरीको नेप्सेको विश्लेषण गरिएको हुन्छ । साथै कुनै पनि कम्पनीको आधारभुत तथा प्राविधिक विश्लेषन पनि गरिएको हुन्छ । स्मार्ट वेल्थ प्रोले बेलाबेला शेयर तालिम पनि दिने गर्दछ । नयाँ लगानीकर्ताहरु लाई शेयर बजारमा कसरी लगानी गर्ने, कुन शेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने गर्दछ । यस्तो तालिममा स्मार्ट वेल्थ प्रोका ग्राहकहरुलाई विशेष छूट पनि छ ।