सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सर्वोच्च अदालतले सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर गिरएको रिटमा संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।