धनकुटा माओवादीमा विद्रोह, शीर्ष नेतासहित कार्यकर्ताको सामूहिक राजीनामा

धनकुटा माओवादीमा विद्रोह, शीर्ष नेतासहित कार्यकर्ताको सामूहिक राजीनामा


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले राजीनामा दिएका छन् ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसहित जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजनीमा दिएका हुन् । माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् । जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धनकुटामा वाम-लोकतान्त्रिक गठबन्धनका कारण प्रतिनिधि सभा निर्वाचन क्षेत्र विभाजनपछि माओवादीमा विवाद उत्पन्न भएको हो।