कांग्रेसले सातै प्रदेशका छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने

कांग्रेसले सातै प्रदेशका छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रदेशअनुसार अलग-अलग घोषणापत्र तयार गर्ने भएको छ ।

प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए । उनका अनुसार राष्ट्रिय घोषणापत्र बनाउने र प्रदेशस्तरका मुद्दा समेटेर प्रदेश कार्यसमितिले अर्को घोषणापत्र बनाउने छ ।

केन्द्रीय घोषणापत्र तयारी समितिले सात प्रदेशका विषयहरू समेट्न सात जनालाई संयोजक तोकेर काम गरिरहेको छ । ‘केन्द्रीय घोषणापत्र प्रमुख हुन्छ। केन्द्रीय घोषणापत्रमा प्रदेशको सार पनि राखिएको हुन्छ’, शर्माले भने, ‘प्रदेश समितिहरुले घोषणापत्र आफ्नो भौगोलिक अवस्था र सामथ्र्यको आधारमा बनाउँछन् ।’

सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ सह(महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ । प्रदेश सभापतिलाई घोषणापत्र तयार गर्नका लागि संयोजक र सदस्य मनोनित गर्ने अधिकारसमेत दिइएको छ ।

अहिले घोषणापत्र तयारी समितिले शिक्षा, स्वास्थ्य, पुर्वाधार, संस्कृति, पर्यटन लगायत अलग अलग विषयगत समिति तोकेर स–सानो समूहमा छलफल भइरहेको जनाएको छ ।