थपिए ५१ कोरोना संक्रमित 

थपिए ५१ कोरोना संक्रमित 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।