राष्ट्रिय सभाका अध्यक्षलाई निर्वाचन आयोगको जवाफ

राष्ट्रिय सभाका अध्यक्षलाई निर्वाचन आयोगको जवाफ

निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने हाेइन


ग्लोब नेपाल
378
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित नगर्ने प्रष्ट पारेको छ । आयोगले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।

अध्यक्ष तिमल्सिनाको निजी सचिवालयले गत बिहीबार प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । यसमा आयोगले निर्वाचित संसदको कार्यकाल आफुले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।

निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिने आयोगको पत्रमा उल्लेख गरिएको छ ।