गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भैसक्योः मन्त्री श्रेष्ठ

गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भैसक्योः मन्त्री श्रेष्ठ


ग्लोब नेपाल
324
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी ४ मंसिरमा हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री श्रेष्ठले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गरेका हुन् । उनले भने,’बाँकी ३० पनि विस्तारै अगाडी बढ्छ । प्रादेशिक निर्वाचन क्षेत्रहरुबारे पनि कुरा भइरहेको छ । दशै अगाडी नै सबै कुरा टुंग्याएर अगाडी बढ्ने जमर्को गरेका छौं ।’

उनले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठूलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको उनले बताए । श्रेष्ठले आगामी मंसिरमा हुने संघीय चुनावमा आफूले काठमाडौं-७ बाट उमेदवारी दिने समेत बताए । विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उनको भनाइ छ ।

‘उक्त क्षेत्रबाट लामो समयदेखि मैले राजनीतिलाई अगाडी बढाउँदै आएको छु, ०५१ सालको मध्यावधिक निर्वाचनमा अत्यधिक बहुमतबाट विजयी हासिल गरेको थिएँ’, उनले भने,‘त्यसपछि पनि त्यही क्षेत्रबाट प्रतिनिधित्व गरेर आवास तथा भौतिक योजना मन्त्रीको जिम्मेवारी पुरा गरें ।’