विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश

विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश


ग्लोब नेपाल
945
Shares

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश गरेकी छन् । सामाजिक अभियान्तासमेत रहेकी श्रेष्ठ सोमबार काँग्रेस प्रवेश गरेकी हुन् ।

लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा स्थापनाकालदेखि नै आबद्ध थिइन् । उनी ०७४ मा भएको चुनावमा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट लडेकी थिइन् । त्यतिबेला पाँच हजार ३७३ मत ल्याएर उनी तेस्रो स्थानमा थिइन् ।

इमेज टेलिभिजनमा लामो समय काम गरेकी उनी प्रेस युनियन इमेज च्यानल प्रतिष्ठानको अध्यक्षसमेत रहेर कार्यभार पूरा गरेकी थिइन् । पत्रकारिता विषयमा मास्टर गरेकी उनी अन्तर्राष्ट्रिय महिला सञ्जाल नेपाल शाखाको अध्यक्ष हुन् । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवा र सांसद भीमसेनदास प्रधानले पार्टी प्रवेश गराएका हुन् ।