मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ आशिर्वाद बचत खाता” सञ्चालन

मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ आशिर्वाद बचत खाता” सञ्चालन

रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मकोबीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटागोरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ आशिर्वाद बचत खाता प्ल्याटिनम क्याटागोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ । थप जानकारीको लागि बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं.९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।