राप्रपा र रवीन्द्र मिश्र समूहबीच पार्टी एकता

राप्रपा र रवीन्द्र मिश्र समूहबीच पार्टी एकता

मिश्र बने राप्रपाकाे वरिष्ठ उपाध्यक्ष


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ ।

राष्ट्रिय सभा गृहमा बुधबार एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । सनातन धर्ममा विश्वास गर्ने पार्टी भएकोले पार्टी प्रवेश कार्यक्रममा बटुकले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा शंख बजाइएको थियो ।

केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन लिङदेन र मिश्रबीच समझदारी अनुरूप हुने बताइएको छ । यो काम एकता घोषणा भएको ७ देखि १० दिनभित्र गरिने उल्लेख छ । यस्तै, प्रदेश तथा अन्य कमिटीको समायोजनका दुवै पक्षका दुई–दुई जना रहने गरी चार सदस्यीय समिति बनाइने छ ।

मिश्रलाई राप्रपामा स्वागत गर्दै नेता बुद्धिमान तामाङले राजेन्द्र लिङदेन र रवीन्द्र मिश्रले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरे । राप्रपा अध्यक्ष लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।