लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेसमा प्रवेश 

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेसमा प्रवेश 


ग्लोब नेपाल
81
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन्।  चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् । 

आगामी निर्वाचनमा सर्लाही-४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएकाे स्राेतले जनाएकाे छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक  सिंह सिफारिसमै परेका छैनन् ।