सभापतिज्युको बाटो हेर्दैछौँ, नसुध्रिए आन्दोलन चर्काउँछौँः गुरुराज घिमिरे

सभापतिज्युको बाटो हेर्दैछौँ, नसुध्रिए आन्दोलन चर्काउँछौँः गुरुराज घिमिरे


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताएका छन् ।

काठमाडौंमा बिहीवार कांग्रेसको डा‍. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै घिमिरेले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए ।

उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले आफूहरु बाटो हेरिरहेको र भेदभाव भएमा आन्दोलन चर्काउने चेतावनी दिए।

‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । गठबन्धनसँग जनमत छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापान हो’, घिमिरेले भने, ‘सभापतिज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ ।’