कांग्रेसको समानुपातिक तर्फको बन्दसूची संशोधनमा सहमति जुट्यो

कांग्रेसको समानुपातिक तर्फको बन्दसूची संशोधनमा सहमति जुट्यो


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फको बन्दसूची संशोधनका विषयमा सहमति जुटेको छ ।

कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठकमा सहमति जुटेको हो । कांग्रेसका एक पदाधिकारीका अनु्सार सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको ती नेताले बताए । उनले भने, ‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ ।’

सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ । निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको थियो ।