कांग्रेसले संशोधित समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझायो

कांग्रेसले संशोधित समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझायो


ग्लोब नेपाल
11k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिएका छन् । पार्टीभित्र प्रतिनिधि सभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको पौडेलले बताए।

उनका अनुसार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको हो । पौडेलले भने, ‘समानुपातिकको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छौं । कांग्रेसभित्र देखिएको पछिल्लो विवाद पनि समाधान गरेर संशोधनसहित समानुपातिक बन्दसूची बुझाइसकेका छौं ।’

समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो।