डा. बाबुराम भट्टराई चुनाव नलड्ने

डा. बाबुराम भट्टराई चुनाव नलड्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभामा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएको गोरखाली जनतालाई धन्यवाद दिँदै डा. भट्टराईले यो पटक निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।

उनले भनेका छन् – “म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहॅा साथमा हुनेछु,” डा. भट्टराईले चुनाव लड्ने स्पष्ट पार्दै भनेका छन्, “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।”

‘उनले भने – ’तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’