मानव विकासक्रमबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार

मानव विकासक्रमबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार


ग्लोब नेपाल
270
Shares

काठमाडौं । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासक्रमबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई प्रदान गरिने भएको छ । मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको हो ।

पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नीयनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको बीबीसीले जनाएको छ । उनले पहिले पत्ता नलागेको मानव जातिको अज्ञात नजिकका पूर्वज डेनीसोभाहरू पत्ता लगाउने ‘सनसनीपूर्ण’ उपलब्धि पनि हासिल गरेका छन्।

उनको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ। आनुवंशिक विज्ञ उनको काम मानव विकाससम्बन्धी केही आधारभूत प्रश्नमा केन्द्रित रहेको छ।