सिट बाँडफाँडका लागि गठबन्धनका दलहरुबीच आन्तरिक छलफल जारी

सिट बाँडफाँडका लागि गठबन्धनका दलहरुबीच आन्तरिक छलफल जारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनको हिजो बसेको बैठकमा पनि सिट बाँडफाँडमा सहमति नजुटेपछि आज बिहानैदेखि दलहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका हुन् ।

आन्तरिक छलफलपछि आज दिउँसो गठबन्धनको बैठक बस्ने तयारी छ । सरकारमा रहेका राजनीतिक दलहरूले सिट बाँडफाँडका बारेमा कार्यदल र शीर्ष तहमा छलफल गर्न लागेको २ महिना पुग्नै लाग्दा पनि सहमति जुट्न सकेको छैन ।

लगातारको छलफलबाट सहमति नजुटेपछि आआफ्नो पार्टीमा छलफल गरी आज फेरि शीर्ष तहको बैठक बस्ने भएको हो । सिट बाँडफाँडका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको यही असोज २० गते दुई महिना पुग्दैछ । राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलकाअनुसार चुनावी तालमेल गर्नुपर्नेमा सबै दल सहमत छन् तर कसले कति सिट पाउने भन्ने बारेमा आ–आफ्ना तर्क र अडान कायमै छन् ।