प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक, २३ असोजमा उम्मेदवारी दर्ता

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक, २३ असोजमा उम्मेदवारी दर्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि मिति निर्धारण गरेको छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले यही असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धिन निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। अब उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन आउन ५ दिन मात्र बाँकी छ।

असोज २३ गते नै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।

यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ। आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ।

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ।

हेर्नुहोस् निर्वाचन कार्यक्रम