गठबन्धनको बैठक बालुवाटारमा, सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास

गठबन्धनको बैठक बालुवाटारमा, सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्।

दशैंको समयमा समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ । आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक चलिरहेको छ । दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए ।

भोलि विहानसम्म भएपनि सिट बाँडफाँट टुंग्याउने तयारीका साथ छलफल भइरहेको उनले बताए । उनले भने, ‘भोलि विहानसम्म भएपनि टुंग्याउने प्रयासमा जुटेका छौं ।’

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ ।

यस्तै एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ । तर एकीकृत समाजवादी र जसपा दुबै यसमा सहमत छैनन् । सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दलहरु दबावमा परेका छन् । तर सहमति पनि जुट्न सकेको छैन ।