सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, सहमतिमा हस्ताक्षर हुने सम्भावना

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, सहमतिमा हस्ताक्षर हुने सम्भावना


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा छलफल गर्न सरकारमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ । आजको बैठकमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बुझिएको छ ।

प्रदेशको केही सिटको बारेमा थप छलफल भएपछि सहमतिपत्रमा हस्ताक्षर गरिने छ । सरकारमा रहेका दलहरूले सिट वितरणमा सहमति नगर्दा नेकपा एमालेले चुनावी तालमेलका लागि दलहरूसँगको संवादलाई निरन्तरता दिए पनि कुनै निर्णय गरेको छैन ।