प्यूठानमा एमालेबाट सुर्य थापा संघमा, प्रदेशमा शर्मा र रिजाल उम्मेदवार

प्यूठानमा एमालेबाट सुर्य थापा संघमा, प्रदेशमा शर्मा र रिजाल उम्मेदवार


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा एमालेले एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधि सभातर्फ सूर्य थापालाई उम्मेदवार बनाएको छ ।

पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज समेत रहेका थापालाई उम्मेदवार बनाएको हो । उनी प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा एकल उम्मेदवार सिफारिस भएका थिए । थापालाई पार्टीले पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो ।

प्रदेश प्रत्यक्षतर्फ क बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र ख बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल उम्मेदवार बनेका छन् ।