काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका महामन्त्री थापा पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् । पाँच दलीय गठबन्धनले थापालाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि उनी आफैले असुरक्षित देखेर सर्लाही गएको स्रोतले बतायो ।
त्यसो त उनी सर्लाही ४ बाट पनि एकल सिफारिस भएर आएका थिए । उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले काठमाडौंभन्दा सर्लाही ४ नै सुरक्षित देखेका हुन् ।
सर्लाहीका सभापतिदेखि नेता कार्यकर्ताले पटक पटक गगनको घरमा आएर सर्लाही बनाउने जिम्मा तपाईको भन्दै आग्रह गरेपछि ती नेता कार्यकर्ताको आग्रह टार्न नसकेपछि उनले सर्लाहीबाटै उम्मेदवारी दिने भएका हुन् ।
२०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा काठमाडौँ –४ बाटै निर्वाचित भएका थिए।


प्रतिक्रिया