काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि आज प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ । आफ्नो क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । उमेदवारी दर्ता गराउँदा आवश्यक पर्ने कागजातहरूबारे आयोगले जानकारी गराएको छ ।
मनोनयनपत्रका साथ संलग्न गर्नुपर्ने कागजात
१. उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि,
२. मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
३. प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा,
४. दलको उमेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिम),
५. धरौटी जम्मा गरेको नगद रसिद वा बैंक भौचर,
६. स्वघोषणा (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–६ बमोजिम),
७. उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–९ बमोजिम),
८. उम्मेदवारको वैयक्तिक विवरण फाराम (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१० बमोजिम) ।
प्रतिक्रिया