जाजरकोटमा माओवादीका शक्तिविरुद्ध एमालेका निरज भिड्ने, कांग्रेसका राजिव प्रदेशमा झरे

जाजरकोटमा माओवादीका शक्तिविरुद्ध एमालेका निरज भिड्ने, कांग्रेसका राजिव प्रदेशमा झरे


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादीका शक्ति बस्नेत उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध नेकपा एमालेले जिल्लाका चर्चित युवा नेता निरज आचार्यलाई उम्मेदवार बनाएको छ । गठबन्धनको भागबण्डा अनुसार जाजरकोटमा प्रतिनिधि सभातर्फमा ओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ । प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव बस्नेतलाई टिकट दिएको हो ।

२०७४ मा प्रतिनिधि सभामा शक्तिसँग पराजित भएका कांग्रेसका राजिव विक्रम शाह भने यसपटक प्रदेश सभामा झरेका हुन् ।प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा शाहलाई उम्मेदवार बनाएको छ ।

एमालेले प्रतिनिधि सभातर्फ यूवा नेता आचार्यलाई उम्मेदवार बनाएको छ । ०७४ मा वाम गठबन्धन हुँदा टिकट गुमाएका आचार्यले शक्तिलाई नै सघाएका थिए । तर यसपटक आचार्यले शक्तिसँगै प्रतिस्पर्धा गर्ने छन् ।