तनहुँ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार करिब साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले उम्मेदवारी दर्ता गराएका हुन् । जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् ।
२०७४ को निर्वाचनमा पनि जोशीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो ।
प्रतिक्रिया