काठमाडौं । नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट वाग्लेलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन इन्कार गरेका हुन् । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।
तर कांग्रेसले चितवन–१ बाट विश्व पौडेललाई उम्मेदवार बनाएको छ भने काठमाडौं–५ बाट प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ । गोरखा–१ मा कांग्रेस उम्मेदवारको टुंगो नलागेको भएपनि वाग्लेले आफूले टिकट नपाउने निश्चित भएको बताए । उनले स्वतन्त्र उम्मेदवारी दिने वा नदिने भन्नेबारेमा अहिले निर्णय गरिनसकेको बताए ।
०७५ मा सभापति देउवाबाटै पार्टीको महासमिति सदस्य मनोनीत भएका वाग्ले अहिले भने नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग निकट थिए ।
प्रतिक्रिया