रौतहट । नेकपा एकीकृत समाजवादी(एस)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहट( १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मनोनयन दर्ता गर्न सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।
आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।
प्रतिक्रिया