कांग्रेस नेता किरण पौडेलद्वारा पार्टी परित्याग

कांग्रेस नेता किरण पौडेलद्वारा पार्टी परित्याग


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन् ।

नेविसंघका पूर्व महामन्त्री समेत रहेका देउवा निकट नेता पौडेलले बागलुङ लगायत देशभरकै सीट बाँडफाँटमा असहमति जनाउँदै पार्टी त्यागेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विवेकमा प्रश्न उठाउँदै उनले कांग्रेसको सदस्य समेत नरहने गरी राजीनामा पत्र बुुझाएका हुन् । सभापति देउवालाई सम्बोधन गरेर कांग्रेसको इमेलमा राजीनामा पत्र पठाएको उनले बताएका छन् ।

२०३५ सालदेखि नै राजनीतिमा लागेका पौडेलले ४४ वर्ष लामो कांग्रेससँगको आबद्धता परित्याग गरेका हुन् । बागलुङ १ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार बनेका छन् ।

एमालेबाट सुर्य पाठक उम्मेदवार छन् भने केही समयअघि कांग्रेस छाडेका प्रभावशाली नेता नवराज पौडेलले प्रदेशमा टिकट पाएका छन् । पौडेलले कांग्रेस त्यागेसँगै बागलुङमा खैलाबैला मच्चिएको छ ।