काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडसँग भिड्न रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टीको साथ पाएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।
बोहरा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए । त्यो बेला कांग्रेस नेता खाँड समानसपातिकमा बसेर बोहोरालाई सधाएका थिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ कबाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । क्षेत्र नम्बर ३ खबाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया